www.tandavnews.com
Fact ~ In search of truth

निवृत शिक्षक समुदायद्धारा विद्यार्थीलाई सामाग्री वितरण

पोखरा,
ताण्डव न्यूज ।
निवृत शिक्षक समुदाय कास्कीको १८ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको अवसर पारेर संस्थाले नवप्रभात माध्यमिक विद्यालयका आधारभुत तहका १ सय ४४ जना विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको छ ।

नेपाल निवृत शिक्षक समाजका केन्द्रीय अध्यक्ष चूडामणि शर्मा कट्टेलले साधारण सभाको उद्घाटन गर्दै निवृत शिक्षक समुदाय कास्कीलाई केन्द्रमा आवद्ध हुन आग्रह गरे । साथै उनले केन्द्रले ३३ जिल्लामा संगठन विस्तार गरेको जानकारी दिए ।

कार्यक्रममा संस्थाका आजीवन सदस्यहरु मध्ये गत स्थानीय तहको निर्वाचनमा विजयी भएका जगतबहादुर पहारी, सुर्यप्रसाद लम्साल, कुलप्रसाद गुरुङ,भक्तबहादुर गुरुङ, विष्णुप्रसाद गौतम, शिवप्रसाद सापकोटा र पुष्कर श्रेष्ठलाई सम्मान गरिएको थियो । यस्तै संस्थाका आजीवन सदस्यहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

 

Batas

यस्तै संस्थाका निवर्तमान सहसचिव स्वर्गिय डम्बरबहादुर थापाका जेष्ठ सुपुत्र महेन्द्रबहादुर थापाले बुवाको स्मृतिमा संस्थालाई ११ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन ।

सभामा शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख नारायणप्रसाद सुवेदी, नवप्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक विजय भण्डारी, पूर्व प्रहरी संगठन कास्कीका अध्यक्ष एकनारायण शर्मा,संस्थाका उपाध्यक्ष जनकलाल श्रेष्ठ, सहसचिव भुवनेश्वर उपाध्याय,सल्लाहकारहरु रामराज रेग्मी, रामबहादुर थापा, विश्वराज पौडेल, नन्दप्रसाद अधिकारी, बुद्धि गिरी ‘विह्वल’ सदस्य पूर्ण गिरी लगायतले बोलेका थिए ।

सभाका अध्यक्ष तोयनाथ लामिछानेले विगतको प्रतिवेदन पेश गरेका थिए भने सचिव छविलाल आचार्यले वार्षिक र कोषाध्यक्ष प्रेमनाथ पौड्यालले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.