www.tandavnews.com
Fact ~ In search of truth

नुहाउन गएका पदम मृत फेला

पोखरा ,
ताण्डव न्यूज ।
पवर्तमा पनि एक एक व्यक्ति मृत फेला परेको प्रहरीले बताएको छ ।

सल्यान जिल्ला घर भई पर्वतको कुश्मामा मजदुरी गर्दै आएका अन्दाजी ४४ ४५ वर्षीया पदम बहादुर घर्ति मृत फेला परेका हुन् । माघेसङक्रान्तिका दिन हिजो नुहाउन जान्छु भनी गएकोमा आज बुधबार बिहान कुश्मा –१३ खौला बाम्रा स्थित सिलेखोलाको किनारमा घर्ति मृत फेला परेको प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

यसैबीच गोरखामा एक शव फेला परेको छ ।

गोरखा नगरपालिका –६ पिपलडाडामा सोही स्थानका अन्दाजी ३५ वर्षीया विष्णु श्रेष्ठ आफ्नै घरमा मृत फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । दुवै घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.