www.tandavnews.com
Fact ~ In search of truth

नेकपाका केन्द्रिय सदस्य तथा शिक्षामन्त्री धनिराम पौडेलको निधन

पोखरा ।

पूर्व शिक्षामन्त्री धनिराम पौडेलको निधन भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य समेत रहेका पौडेलको आज बिहान हृदयघातका कारण निधन भएको जनाइएको छ ।

Batas

पौडेलको आज बिहान ७ बजे चितवनको माडीस्थित आफ्नै निवासमा निधन भएको हो । हृदयघात पश्चात अस्पताल पुर्याइएका पौडेलको चिकित्सकले निधन भएको पुष्टि गरेका हुन् ।

पौडेलको अन्तिम संस्कारमा सहभागी हुन नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहालसहित नेकपाका नेताहरु चितवन जाने जनाइएको हो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.