www.tandavnews.com
Fact ~ In search of truth

नेकपामा चर्किदै विवाद

काठमाडौं।

नेपाल कम्युनिष्ट पार्टी भित्रको आन्तरिक विवाद दिनदिनै चर्किदै गएको छ ।

सरकारको कार्यशैली सन्तोषजनक नभएको भन्दै पार्टीका वरिष्ठ नेताहरुले नै असन्तुष्ट बनेपछि पार्टी भित्र विवाद चर्किएको हो । पार्टी एकता भएको ६ महिना वित्न लाग्दा समेत अझै नेकपाका तल्ला तहका एकता भने हुन सकेको छैनन् ।

Batas

पार्टीका वरिष्ठ नेताहरुले नै सरकारको कार्यशैलीको आलोचना गरिरहेका बेला झन्डै दुई दर्जन केन्द्रीय सदस्यले केन्द्रीय समिति बैठक नै बोलाउन माग गर्दै अध्यक्षद्वयलाई ज्ञापनपत्र नै बुझाइसकेका छन् । यसले पनि नेकपाभित्रको असन्तुष्टि निकै चर्किएको बुझ्न सकिन्छ ।

पार्टी एकतापछि नेकपाको केन्द्रीय समितिको बैठक अहिलेसम्म बस्न सकेको छैन ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.