www.tandavnews.com
Fact ~ In search of truth

नेकपाले टुंगो लगायो जिल्ला इञ्चार्ज र सहइञ्चार्ज

पोखरा ।

प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला इञ्चार्ज र सह–इञ्चार्जको टुंगो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको पार्टी सचिवालय बैठकले ७७ वटा जिल्ला र जिल्ला सरहकै मान्यता पाएका ६ महानगरपालिकाका इञ्चार्ज र सह(इञ्चार्जको टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

Batas

७७ जिल्ला कमिटी र जिल्ला कमिटी सरह नै मान्यताप्राप्त ६ महानगरका इञ्चार्ज र सह(इञ्चार्जको टुंगो लागेको छ, बैठकपछि प्रवक्ता श्रेष्ठले भने ।श्रेष्ठका अनुसार पार्टी एकताअघि तत्कालीन एमाले र माओवादी केन्द्रका तत्कालीन इञ्चार्जहरूले नै इञ्चार्ज र सह(इञ्चार्जको जिम्मेवारी पाएका छन् ।

पूर्व एमालेको भागमा इञ्चार्ज परेको जिल्लामा पूर्व माओवादीको सह(इञ्चार्ज र पूर्व माओवादीको इञ्चार्ज भएको जिल्लामा पूर्व एमालेको सह(इञ्चार्ज रहनेछन् ।विभाग, आयोग, केन्द्रीय निकाय र प्रवास संगठनको एकतालाई अन्तिम रूप दिन पर्सि दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालयको अर्को बैठक बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.