www.tandavnews.com
Fact ~ In search of truth

नेकपा अध्यक्ष दाहाल श्रीमती र दुई छोरीसहित युएई प्रस्थान

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) विदेश भ्रमणमा निस्केका छन् ।

पत्नी सीता, छोरीहरु रेणु दाहाल र गंगा दाहालसहित उनी संयुक्त अरब इमिरेट्स युएई प्रस्थान गरेका हुन् ।लामो समयदेखि अस्वस्थ पत्नी सीताको दुबई भ्रमण गर्ने इच्छा पूरा गर्न उनीहरु आज(मंगलबार) बिहान अबुधावीतर्फ प्रस्थान गरेको जनाइएको छ ।

पांच दिने युएई भ्रमणका क्रममा अध्यक्ष दाहालको कुनै पनि राजनीति भेटघाटको कार्यक्रम नरहेको जनाइएको छ । उनीहरु शनिबार मात्र काठमाडौं फर्कनेछन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.