www.tandavnews.com
Fact ~ In search of truth

नेकपा काठेखोला कमिटिको सपथ ग्रहण

बागलुङ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को काठेखोला गाउँपालिकामा गठन भएको काठेखोला गाउँ कमिटिका पदाधिकारी तथा सदस्यहरुले हिजो (सोमबार) सपथ लिएका छन् ।

काठेखोला गाउँ कमिटिका अध्यक्ष डिल बहादुर कार्की र सचिव कृष्ण बहादुर थापा सहित ७५ सदस्य समितिलाई प्रदेश कमिटि सदस्य हिरा बहादुर केसीले सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण कार्यक्रममा प्रदेश कमिटि सदस्य हिरा बहादुर केसी, राजिव शर्मा, जिल्ला कमिटि सदस्य टिकाराम सापकोटा, अमर बहादुर थापाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Batas

काँठेखोला गाउँ कमिटिका अध्यक्ष डिल बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको सपथ ग्रहण कार्यक्रमको संचालन सचिव कृष्ण बहादुर थापाले गरेका थिए । यस्तै काठेखोला गाउँ कमिटिको आईतबार बसेको प्रथम बैठकले डिल बहादुर कार्कीको संयोजकत्वमा ५ सदस्य कार्यालय कमिटि गठन गरेको छ । कमिटिको सदस्यहरुमा कृष्ण बहादुर थापा, युक्त प्रसाद कंडेल, खिम बहादुर कार्की र मनिता केसी रहेका छन् ।

बैंठकले ८ गते काठेखोला गाउँपालिकाका सवै वडा कमितिहरुको सपथ ग्रहण गराउने निर्णय गरेको अध्यक्ष कार्कीले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.