www.tandavnews.com
Fact ~ In search of truth

नेकपा गण्डकीका पदाधिकारी जिल्ला जिल्लामा

पोखरा ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशले प्रदेश मातहतका ११ जिल्ला पार्टीहरुलाई सक्रिय पार्ने अभियान सुरु गरेको छ ।

पार्टी एकतापछि गण्डकी प्रदेशमा बनेको पार्टीको प्रदेश स्तरीय संयन्त्रले जिल्ला संयन्त्रहरु बनाएर बैठक सुरु गरेको हो । त्यसक्रममा शनिवार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितीमा गोर्खा संयोजन समितिको वैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको प्रदेश अध्यक्ष हितराज पाण्डे उत्तमले बताए

Batas

प्रदेश संयोजन समितिले पार्टी जिल्ला संयोजन समिति कास्कीको बैठक हिजो सम्पन्न भएको छ भने आज (सोमवार )स्याङ्जामा बैठक आयोजना गरिने भएको छ ।

बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश इञ्चार्ज पृथ्बीसुब्बा गुरुङ तथा सह इञ्चार्ज खगराज अधिकारी, अध्यक्ष पाण्डे र सचिव गोबिन्द नेपालीको समेत उपस्थित हुनेछन् । बैठकहरु नवलपुरमा यही असोज २३, तनहुँमा असोज २४ तथा पर्वत, म्याग्दी , बाग्लुङ, र मनाङमा असोज २५ र लमजुङमा असोज २६ गते आयोजना हुनेछन् । मुस्ताङको मिति पछि तय गरी पार्टीको प्रदेश कार्यालयले जनाएको छ ।

अन्तरिम रुपमा बनेको पार्टीको समन्वय समितिलाई पार्टीका पुर्ववत् गतिविधि तलसम्म सञ्चालन गर्न प्रदेशका नेताहरुले निर्देशन दिएका छन् ।

नेकपा गण्डकी प्रदेशले प्रदेशका स्थानिय निकायहरुको काममा एकरुपता ल्याउनका लागि कार्तिक २२ गते सोमवार बिहान पार्टीको जिल्ला कार्यालय शान्ति बनबाटिकामा प्रदेशका सबै स्थानिय निकायका प्रमुख र उपप्रमुखहरुको भेला समेत आयोजना गर्ने पार्टीका प्रदेश सचिव गोबिन्द नेपालीले जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.