www.tandavnews.com
Fact ~ In search of truth

नेकपा गण्डकीद्धारा सबै जिल्लामा पार्टी संयन्त्र गठन

कास्की । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीले प्रदेशका सबै जिल्लामा पार्टी संयन्त्र गठन गरेको छ ।

यहाँ यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डेले जिल्ला, महानगर, नगरपालिका तथा गाउँपालिकामा तत्काललाई पार्टीको काम नियमित सञ्चालन र संयोजन गर्नका लागि संयन्त्र गठन गर्ने निर्णय कमिटी बैठकले गरेको जानकारी दिए ।

Batas

जिल्ला संयन्त्रमा साविक नेकपा(एमाले)बाट जिल्ला इञ्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव तथा तत्कालीन नेकपा(माओवादी केन्द्र)बाट इञ्चार्ज, सहइञ्चार्ज र संयोजकसहित पाँच गरी १० जना रहने निर्णय बैठकले गरेको छ ।

अध्यक्ष पाण्डेका अनुसार जिल्ला संयन्त्रले महानगरपालिकामा दश, नगरपालिकामा आठ र गाउँपालिकमा छ सदस्यीय पार्टी संयन्त्र गठन गरेर पार्टीका विधान, नियमावली र पार्टीको निर्देशनलाई आधार मानी तल्ला तहको पार्टी एकीकरण सम्बन्धमा प्रदेश कमिटीलाई आवश्यक सुझाव दिनेछ ।

बैठकले आगामी कात्तिकको दोस्रो हप्ताभित्र प्रदेश र जिल्ला तहमा अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टी संयन्त्र गठनबाट तल्लो तहमा पार्टी एकीकरण प्रक्रियालाई गति दिन सहयोग पुग्ने विश्वास नेकपाको छ ।

नेकपा गण्डकी प्रदेश इञ्चार्ज तथा मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले पार्टीको अन्तरिम विधानानुसार देशका सातै प्रदेशमा प्रदेश इञ्चार्ज तथा पदाधिकारी चयन भएकाले पार्टी केन्द्रको निर्णयलाई सबैले आत्मसात् गर्नुपर्नेमा जोड दिए ।(रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.