www.tandavnews.com
Fact ~ In search of truth

नेकपा नेता खगराजले भने ‘गुरु तपाइलाई सम्मान गर्छु, तर भोट सुर्य मै हाल्नुस्’

राप्रपाको जुलुसलाई काउन्टर ‘सामन्तवाद मुर्दावाद'

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य खगराज अधिकारीले कांग्रेस उम्मेदवार खेमराज पौडेललाई सुर्य चिन्हमा भोट हाल्न सुझाएका छन् । कांग्रेसले योगदानका आधारमा पार्टीका कार्यकर्तालाई समयमा सम्मान दिन नसकेको उल्लेख गर्दै नेकपामा मदतान गर्न आग्रह गरेका हुन् ।

नेकपा कास्कीद्धारा पोखरामा आयोजित उम्मेदवार घोषणा सभामा बोल्दै नेकपा गण्डकीका सह इन्चार्ज समेत रहेका नेता अधिकारीले भने ‘गुरु म तपाइलाई सम्मान गर्छु, तर भोट सुर्यमै हाल्नुस् । यो उमेरमा कांग्रेसले तपाइलाई धुलो उडाउन बाध्य मात्रै बनाएको हो ।’

Batas

अधिकारीले कांग्रेसले पाका नेताहरुलाई अपमान गरेर फालेर अहिले उनिहरुकै फोटो झुण्ड्याएर भोट माग्ने गरेको आरोप लगाए । ‘पाका नेताहरुलाई अपमान गरेर, घोक्र्याएर फालेर आज तिनैका फोटा झुण्ड्याएर भोट माग्दै छ । कांग्रेसले तिलाञ्जली दिएर उहाँहरुले कांग्रेस छोडेको कुरा सबै नेपालीलाई थाह छ’,उनले भने ।

राप्रपाको जुलुसलाई काउन्टर ‘सामन्तवाद मुर्दावाद’

रत्नचोकमा सभा सुरु भएर नेकपा कास्की अध्यक्ष कृष्ण थापा मन्त्ब्य अन्तय गरिसकेका थिए । लगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टी को जुलुस त्यहि बाटो भएर जाँदै थियो ।

नारा सहित राष्ट्र बैंक चोक तर्फ लाग्दै गरेको जुलुस देख्नासाथ मञ्चमा बसिरहेका नेता अधिकारी एक्कासी रोष्टममा पुगेर नारा लगाउन थाले । नेता अधिकारीले राप्रपाको जुलुस ओझेल नपरुञ्जेल ‘भोट के मा, सुर्यमा’ , प्रतिक्रियावादी होशियार, सामन्तवाद मुर्दावाद लगायतका नारा लगाएका थिए ।

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.