www.tandavnews.com
Fact ~ In search of truth

नेकपा प्रवेश गर्दै स्वतन्त्र सांसद राजीव गुरुङ

पोखरा ।

गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दिपक मनाङ्गे सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने भएका छन् ।

तत्कालीन एमालेको सहयोगमा मनाङ ‘ख’बाट गण्डकी प्रदेश सांसद बनेका स्वतन्त्र सांसद गुरुङ भोली पार्टी प्रवेश गर्ने भएका छन् । गुरुङलाई भोली बिहान गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टी प्रवेश गराउने जनाइएको छ ।

Batas

नेकपा प्रवेशसँगै अब गण्डकी प्रदेशसभामा उनको स्वतन्त्र हैसियत पनि सकिनेछ । २०७४ मंसिरमा सम्पन्न भएको चुनावमा गुरुङले १ हजार ४ सय १० मत प्राप्त गरि विजयी भएका थिए । विजयी भएलगत्तै उनी ज्यान मार्ने उद्योगमा संलग्न रहेको भन्दै पक्राउ परेका थिए ।

२०७५ साल पुसमा थुनामुक्त भएपछि गतवर्ष माघ १४ गते शपथ लिएपछि मात्रै उनले सांसदको मान्यता पाएका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.