www.tandavnews.com
Fact ~ In search of truth

नेकपा स्थायी कमिटी बैठक भोली पुन बस्ने

काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठकमा राजनीतिक प्रतिवेदन माथिको छलफलमा हालसम्म ४१ जना स्थायी कमिटी सदस्यले विचार राखेका छन् ।

गत मङ्सिर २९ देखि शुरु भएको बैठक पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ८ बजेदेखि करिब तीन घण्टा बसेको थियो । बैठकमा नेताहरु ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, सुवासचन्द्र नेम्वाङ, अमिक शेरचन, मणि थापा, गोकर्ण विष्ट र छविलाल विश्वकर्माले बोलेका थिए ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा छलफल चलिरहेको नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, सचिवालयबाट अहिलेसम्म भएगरेका कार्य तथा निर्णयका साथै जिल्ला तथा जनसङ्गठनको एकता लगायत विषय समावेश छन् ।

बैठकमा सरकारका कार्यसम्पादनका बारेमा नेताहरुले धारणा राखेका छन् । अधिकांश नेताले पार्टी र सरकारमाथि विभिन्न शक्तिबाट आक्रमण भइरहेको अहिलेको समयमा आन्तरिक एकता सुदृढ गरेर जानुपर्नेमा सुझाव दिएको छ ।

बैठकका क्रममा सचिवालय सदस्य वामदेव गौतमले अध्यक्षद्वयको प्रतिवेदनमा पूरक प्रतिवेदन पेश गरेका थिए । बैठक शनिबार भोली बिहान ८ बजेदेखि पार्टी केन्द्रीय कार्यालय धूम्रबाराही, काठमाडौँमा बस्ने गरी आज स्थगन भएको छ । रासस

तस्बिर : गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.