www.tandavnews.com
Fact ~ In search of truth

नेपालका तीन खेलाडी पहिलो पटक टी ट्वान्टी वरियतामा समावेश

काठमाडौं ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको टी ट्वान्टी वरियतामा नेपालका तीन खेलाडी पहिलो पटक समावेश भएका छन् ।

राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने, करण केसी र अविनाश बोहरा पहिलो पटक आइसिसीको टी– ट्वान्टी क्रिकेटको नयाँ वरियतामा समावेश भएका हुन् ।

नेपाली बलरहरुमा सन्दीप शीर्ष स्थानमा छन् । वरियताको बलिङतर्फ सन्दीप ६४औँ स्थानमा रहेका छन् । सन्दीपले ४२२ रेटिङ अंक पाएका छन् ।यस्तै ३७७ रेटिङ अंक पाएका करण ८३औँ स्थानमा छन् । ३५२ रेटिङ अंक पाएका अविनाश १००औँ स्थानमा छन् ।

त्यस्तै बलिङतर्फ सोमपाल ४०८ रेटिङ अंकसहित ६८औँ स्थानमा छन् । ३८६ रेटिङ अंक पाएका वसन्त ९०औँ स्थानमा झरेका छन् । टी ट्वान्टीको अलराउन्डर वरियतातर्फ कप्तान पारस २४औँ स्थानमा उक्लिएका छन् ।

कप्तान खड्काले १०८ रेटिङ अंक पाएका छन् । अलराउन्डरतर्फ ५९ रेटिङ अंक पाएका नेपालका सोमपाल कामी ६२औँ स्थानमा यथावत् रहेका छन् । अलराउन्डतर्फ करण ४२ रेटिङ अंकसहित ८२औँ स्थानमा छन् ।

ब्याटिङतर्फ कप्तान खड्काले ठूलो फड्को मारेका छन् । कप्तान पारस ४५औँ स्थानमा उक्लिएका छन् । ४६६ रेटिङ अंक पाएका कप्तान पारस अघिल्लो पटक ६६औँ स्थानमा रहेका थिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.