www.tandavnews.com
Fact ~ In search of truth

नेपालकै ठूला शिव, पार्वती र बिष्णुको मूर्ति निर्माण गरिँदै

पर्वत
संजय रेग्मी /ताण्डव न्युुज  ।

भगवान शिव र पार्वतीको नेपालकै सबैभन्दा ठूलो मूर्ति निर्माण गर्न तयारी गरिएको पर्वत जिल्लामा भगवान बिष्णुको पनि नेपालकै सबैभन्दा ठूलो मूर्ति निर्माण गर्न शुरु गरिएको छ ।

पर्वतलाई धार्मिक र पर्यटकीय गन्तब्यको रुपमा विकास गर्नको लागि जिल्लाको कुश्मा नगरपालिका ८ चुवामा बिष्णुको मूर्ति निर्माण गर्न थालिएको हो ।

स्थानीयवासीको पहलमा चुवामा रहेका धार्मिक स्थलहरुलाई समेटर विष्णु वाटिका अशोक्त मुक्तिमार्ग बनाउन थालिएको र त्यहाँ १०८ पिपलका बोट रोप्ने र नेपालकै अग्लो भगवान बिष्णुको मुर्ती बनाउन शुरु गरिएको वडाध्यक्ष राजकुमार क्षेत्रीले जानकारी दिए ।

स्थानीय आँफैले स्वतस्फूर्त वाटिका, मुर्ती र चौतारी निर्माण गरेर धार्मिक गन्तव्य स्थल बनाउन लागेका हुन। लालेश्वर मन्दिर, लालेश्वर गुफा, र धनेश्वर देबी मन्दिरलाई समेत समेटेर १ सय ५० मिटर लामो मुक्तिमार्ग बनाउने योजना रहेको क्षेत्रीले बताए ।

यसका लागि कहिँ कतैबाट बजेटको व्यवस्था नभएको भएपनि चुवाका बासिन्दाहरुले गाउँलाई धार्मिक गन्तब्यको रुपमा चिनाउनको लागि भन्दै आफैँले लगानी गरेर मूर्ति निर्माण गर्न तयार भएका छन ।

कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले मुक्तिमार्ग, विष्णुको मुर्ती र पिपलका विरुवा रोप्ने अभियानको शिलन्यास गरेकी छिन ।

पर्वतको सदरमुकाम कुश्मामा पनि नेपालकै अग्लो शिवपार्वतीको मुर्ती बनाउन थालिएको छ । प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल गुप्तेश्वर गुफा परिसरमा मुर्ती निर्माणका लागि आर्थिक संकलन गरिएको छ ।

१ करोड ५१ लाखको लगानीमा नेपालकै ठूलो शिव पार्वतीको मूर्ति निर्माण गर्न थालिएको निर्माण समितिका अध्यक्ष पृथ्वीनारायण शर्माले जानकारी दिए । शिव पार्वतीको मूर्ति निर्माणको लागि अहिलेसम्म ५५ लाख रुपैया संकलन भैसकेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.