www.tandavnews.com
Fact ~ In search of truth

नेपाल आइडल रवि ओडकी आमाकाे करेन्ट लागेर मृत्यु

पाेखरा,
ताण्डव न्यूज ।

दाेस्राे नेपाल आइडलका बिजेता कैलालीका रबी ओडकी आमाकाे करेन्ट लागेर बुधबार मृत्यु भएकाे छ । रबीकी आमा आमा विष्नादेवी ओडको मृत्यु भएको हाे ।

बुधबार बिहान पानी तान्ने पम्पबाट करेन्ट लागेपछि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। अन्दाजी ४५ वर्षकी उनले अत्तरिया अस्पतालबाट सेती अञ्चल अस्पताल लैजाँदै गर्दा प्राण छोडेकी हुन्।

Batas

बिहान ७ बजेतिर उनी पानी तान्ने पम्प चलाउन गएकी थिइन्। तर अघिल्लो दिन करेन्ट नछुटाइएको पम्पबाट उनलाई करेन्ट लागेपछि उपचारका लागि अत्तरियास्थित पद्मा अस्पताल पुर्‍याइएको थियो।

अस्पतालले उनलाई सेती अञ्चल अस्पताल रेफर गरेपछि उनलाई त्यसतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो। अहिले उनको शवलाई अञ्चल अस्पतालमै राखिएको छ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.