www.tandavnews.com
Fact ~ In search of truth

नेपाल पूर्व प्रहरी संगठनको प्रथम सम्मेलन पोखरामा

सुशान्त गाहा मगर,
ताण्डव न्यूज ।

नेपाल पूर्व प्रहरी संगठनको गण्डकी प्रदेश स्तरिय प्रथम सम्मेलन पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेश तदर्थ समितिद्वारा बुधबार आयोजित प्रथम सम्मेलन एक कार्यक्रमका बिच सम्पन्न भएको हो ।

उक्त कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सभा सदस्य बिन्दु कुमार थापाले समाज परिवर्तनमा पूर्व प्रहरीहरुको अतुलनिय योगदान रहेको उल्लेख गरे ।उनले बिगतमा सामाजिक सुरक्षामात्र नभई जनचेतनाका कार्यक्रमहरु गर्दै समाजलाई सकरात्मकता तर्फ डो¥याउन पूर्व प्रहरीहरुको महत्वपुर्ण भुमिका रहेको बताए ।

Batas

“नेपाल प्रहरीमा कार्यरत रहदा तपाईहरुले दिनुभएको योगदानको म कदर गर्छु, उनले भने – “अहिले तपाई अवकाश प्राप्त हुनुहुन्छ, तर पनि तपाईसँग रहेको सीप र कलाको प्रयोग गर्दै समाज रुपान्तरण गर्न निरन्तर लागिरहनुस ।” समाज मात्र नभई राष्ट्र निर्माणमा समेत नेपाल प्रहरीको भुमिका रहने भन्दै आम नागरिकले सकरात्मक तरिकाले प्रहरीको कार्यमा सहयोग गर्नुपर्ने धारणा समेत थापाले ब्यक्त गरेका थिए ।

त्यस्तै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक दान सिंह बोहराले संगठन अहिले यो अबस्थामा आईपुग्नुको देन सम्पुर्ण पूर्व प्रहरीहरुकै रहेको बताए ।

उनले पञ्चायतकाल देखी गणतन्त्र सम्म आईपुग्दा सम्पुर्ण खालका परिस्थिती भोग्दै आएकाले पूर्व प्रहरीहरुको दक्षतामा कुनै कमि नरहेको उल्लेख गरे । उनले पूर्व प्रहरीहरुलाई अझ सँगठित भएर मुलुकलाई समृद्ध बनाउन तर्फ लाग्न आग्रह गर्दै भने – “यु आर रिटायर्ड, बट नट टायर्ड त्यसैले तपाईहरु अझ संगठित हुन आवश्क छ । ”

सम्पन्न सो कार्यक्रममा नेपाल पूर्व प्रहरी संगठनका पूर्व केन्द्रीय अध्यक्ष बसन्त राज कुँवर, नेपाल पत्रकार महासँघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, पुर्व बरिष्ठ प्रहरी उपरिक्षक लोक बहादुर कार्की पूर्व प्रहरी बरिष्ठ उपरिक्षक कृष्ण बहादुर थापा, पूर्व कर्मचारी सेवा परिषद कास्कीका अध्यक्ष कृष्णकान्त सिक्देल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

नेपाल पूर्व प्रहरी संगठन गण्डकी प्रदेश तदर्थ सतितिका संयोजक पूर्व प्रहरी निरिक्षक एक नारायण शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन तदर्थ समितिका सचिब पूर्व प्रहरी निरिक्षक हरि बरुवालले गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.