www.tandavnews.com
Fact ~ In search of truth

नेपाल बन्द :पोखरामा सार्वजनिक सवारी ठप्पै

पोखरा,
ताण्डव न्यूज ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दले देशैभरको जनजीवन प्रभावित बनेको छ ।

यता पोखरामा पनि बन्दको प्रभाव सामान्य परेको छ । तर हिजो अस्तिको तुलनामा सवारीसाधन चल्न सकेको छैन् ।पोखरा भित्र चल्ने भाडाका सार्वजनिक सवारी साधन चलेका छैनन् । निजी सवारी साधन, पर्यटकीय सवारीसाधन, एम्बुलेन्स, पानीको ट्यांकर, दुधको गाडी भने चलेका छन् ।

Batas

पोखरामा विहानी सत्रमा सञ्चालन हुने क्याम्पसमा पठनपाठन ठप्प बनेको छ । सार्वजनिक सवारी साधन नचल्दा सर्वसाधरण मर्कामा परेका छन् । निजी सवारी साधनको पहुचँ नभएका यात्रु हिडेरै गन्त्व्य पुग्न बाध्य भएका छन् ।
पोखराको महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोक, सिर्जनाचोक, रत्नचोक, विरौटाचोक, बुद्धचोक अमरसिंह चोक लगायतका मुख्यमुख्य चोकमा सुरक्षाका लागी शसस्त्र प्रहरी तैनाथ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

विप्लव माओवादीले भोजपुरमा आफ्नो कार्यकर्ता मारिएको विरोधमा आज (सोमबार) बन्दको आह्वान गरेको हो । यसैबीच हिजो आइतबार काठमाडौंको सुकेधारा र घट्टेकुलोमा विप्लव समुहका कार्यकर्ताले बम बनाउँदै गरेको स्थानमा विस्फोट हुदाँ ४ जनाको मृत्यु भएको थियो ।

यता पोखरामा भने हालसम्म यस्तो कुनै अप्रिय घटना घटेको छैन ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.