www.tandavnews.com
Fact ~ In search of truth

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कास्कीको समन्वय समिति गठन

पोखरा,
ताण्डव न्यूज ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश स्तरिय कास्की जिल्ला यातायात समन्वय समिति गठन कार्यक्रम सम्पन्न भएको छ ।

समितिको अध्यक्षमा केदार प्रसाद पौडेल चयन भएका छन्। वरिष्ठ उपाध्यक्षमा योगेन्द्र बहादुर के.सि, उपाध्यक्षहरुमा प्रकाशमणि तिवारी र दयाराम भारती चयन भएका छन् । सचिवमा अमृत शर्मा(तिमिल्सिना) कोषाध्यक्षमा सन्तोष राना छानिएका छन् ।

Batas

सदस्यहरुमा प्रसाद तिवारी, मेघराज त्रिपाठी, रामचन्द्र लामीछाने,सुर्य र नारायण कोइराला रहेका छन् । समितिको सल्लाहकारहरुमा ऐन कुमार साई, देउ प्रसाद गुरुङ्ग, कृष्ण प्रसाद ढुगांना,सन्तोष सिग्देल र सम बहादुर गुरुङ्ग रहेका छन् ।

गण्डकी प्रदेश संयोजक भानुभक्त बरालको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय उपाध्यक्ष ऐन कुमार साई प्रमुख अतिथि रहेका थिए भने केन्द्रिय सदस्य खड्क वि.क अतिथि रहेका थिए।कार्यक्रममा बेगनास ताल बस संञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद ढुगांनाले स्वागत मन्त्व्य राखेका थिए ।

पृथ्वि राजमार्ग वस सञ्चालक समितिका महासचिव वोगन्द्र बहादुर के.सीले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा खड्क वि.क, ऐन कुमार साई कार्यक्रममा बोलेका थिए । पोखरा बस व्यवसायी समितिका सचिव अमृत शर्मा(तिमिल्सिना)ले कार्यक्रम सञ्चालन गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.