www.tandavnews.com
Fact ~ In search of truth

नेपाल विश्वकप र एसिया कपको सिधै दोस्रो चरणमा

ताण्डव न्यूज, पोखरा । 
एसियाली मुलुक कतारमा हुने २०२२ फिफा विश्वकप फुटबल प्रतियोगितामा ३२ वा ४८ टिमबीच प्रतिस्पर्धा हुने अझै तय छैन। ४८ टिमबीच प्रतिस्पर्धा भए कुन महादेशका लागि कति कोटा हुने अझै निर्णय भइसकेको छैन। यद्यपी एसियाली फुटबल महासंघ ९एएफसी० ले २०२२ को विश्वकप र २०२३ को एसिया कपका लागि छनोट सुरु गर्ने भएको छ।

गत संस्करणको विश्वकप र एसिया कप छनोटलाई एकै प्रतियोगिताबाट गरेको एएफसीले यसपटक पनि निरन्तरता दिने भएको छ।

एसियाको पहिलो चरणको छनोटमा वरीयताको अन्तिम १२ टिमबीच हुने भएको छ। १२ टिमका लागि १–१ प्रतिद्वन्द्वी ड्र मार्फत छनोट गरिनेछ। होम एन्ड अवेमार्फत विजयी हुने ६ टिम दोस्रो चरणमा पुग्नेछन्। दोस्रो चरणमा वरीयताको उत्कृष्ट ३४ टिम र पहिलो चरणबाट छनोट भएका ६ टिम गरी ४० टिमबीच प्रतिस्पर्धा हुनेछ। ४० टिमलाई ८ समूहमा विभाजन गरिनेछ। प्रत्येक समूहमा ५ टिम हुनेछन्।

Batas

८ समूह विजेता र दोस्रो भएका मध्ये उत्कृष्ट ४ टिम तेस्रो चरणको छनोटमा पुग्नेछन्। तेस्रो चरणमा पुगेका १२ र दोस्रो भएका बाँकी ४ टिमले एसिया कपमा सिधैं स्थान पाउनेछन्।

विश्वकपमा ४८ टिमको भए एसियाका लागि ८ वटा कोटा हुने बताइएको छ। ३२ टिमकै विश्वकप भए एसियाले ४ वटा कोटा पाउनेछ। अन्तरमहादेशीय प्लेअफ जिते एसियाको पाँचौ टिमले पनि विश्वकपमा स्थान पाउने व्यवस्था छ।

विश्वकपमा कति टिम हुने विषयमा आगामी ५ जुनमा पेरिसमा बस्ने फिफा कंग्रेसले निर्णय गर्नेछ।

एसिया छनोटको पहिलो चरणको ड्र आगामी अप्रिल १७ मा हुनेछ।

नेपाल दोस्रो चरणमा
फिफा वरीयताको आधारमा नेपाल सिधैं दोस्रो चणमा पुगेको छ। नेपाल फिफा वरीयतामा १ सय ६१ औं स्थानमा छ। एसिया वरीयतामा भने नेपाल ३४औं छ। जुन दोस्रो चरणका लागि चाहिने अन्तिम वरीयता हो। ३५ औं स्थानमा रहेको मलेसियाले भने पहिलो चरणकै छनोट खेल्नु पर्ने भएको छ।

दक्षिण एसियाबाट नेपालसहित भारत र माल्दिभ्स सिंधै दोस्रो चरणमा पुगेका छन्। बाँकी ४ देशले भने पहिलो चरणको छनोट खेल्नु पर्नेछ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.