www.tandavnews.com
Fact ~ In search of truth

नेविसङ्घद्वारा साढे छ लाख नयाँ सदस्यता वितरण

काठमाडौँ ।

नेपाली काँग्रेसको प्रमुख भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले देशभर छ लाख ५० हजार नयाँ सदस्यता वितरण गरेको छ ।

बाह्रौँ महाधिवेशन नजिकिएसँगै नेविसङ्घले काठमाडौँ उपत्यकाबाहेक ७४ जिल्लामा नयाँ सदस्यता वितरण गरेको हो । नेविसङ्घका अध्यक्ष नैनसिंह महरले नेविसङ्घलाई केन्द्रदेखि गाउँँ र टोलसम्म पुर्याउन नयाँ सदस्यता वितरणलाई प्राथमिकता दिएको बताए ।

Batas

“मुलुकको शिक्षा क्षेत्रमा देखिएको विकृति विसङ्गति हटाई आगामी निर्वाचनमा काङ्ग्रेसको पक्षमा जनमत सिर्जना गर्न सदस्यता वितरणलाई देशभर पुर्याउन लागेका हौँ”, उनले भने । लामो समयको विधान र नियमावली विवादपछि विधान पास भएको नेविसङ्घले पुस २८ देखि ३० गतेसम्म १२औँ महाधिवेशनको तालिका तोकेको थियो ।

नेविसङ्घले तोकेको निर्वाचन कार्यतालिका अनुसार मङ्सिर २२ गतेभित्र देशभरका सबै माध्यमिक तथा उच्च माध्यमिक विद्यालयमा अधिवेशन गर्नुपर्ने, मङ्सिर २५ भित्र स्थानीय गाउँ नगरको अधिवेशन गर्नुपर्ने, पुस ८ भित्र उपत्यका भित्रका सबै क्याम्पस र विश्वविद्यालयको अधिवेशन गर्नुपर्ने, पुस १४ भित्र सबै जिल्लाको अधिवेशन गर्नुपर्ने र पुस २० भित्र सबै प्रदेशको अधिवेशन सम्पन्न गर्नुपर्ने रहेको छ ।

निर्वाचन आउन केही दिनमात्र बाँकी हुँदा देशभरका १५ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको अध्यक्ष महरले जानकारी दिए । नेविसङ्घ अहिले महाधिवेशनमय हुँदै गएको उनको भनाइ छ । निर्धारित समयमा महाधिवेशन सम्पन्न नभए पनि छिट्टै महाधिवेशन सम्पन्न हुने गरी नेविसङ्घले काम गरिरहेको उनले बताए ।  रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.