www.tandavnews.com
Fact ~ In search of truth

नेशनल क्रियशन एकेडेमीद्धारा विद्यार्थीसँग अन्तरक्रिया

पोखरा,
ताण्डव न्यूज ।

नेशनल क्रियशन एकेडेमीले कानुन तथा व्यवस्थापन अध्ययन विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

एकेडेमीले कक्षा ११ र १२ का विद्यार्थीसँग अन्तरक्रिया गरेको थियो । पृथ्वीनारायण क्याम्पस पोखराका कानुन विभागका प्रोफेसर हिमराज गिरीले कानुन विषयको महत्वको बारेमा प्रकाश पारेका थिए ।

Batas

प्लस टु को अर्डिनेटर भोलानाथ अधिकारीले कानुन र व्यवस्थापनमा रहेको चुनौतीका बारेमा जानकारी दिए । कानुन प्राध्यापक वीरेन्द्र वास्तोलाले विद्यार्थीहरुले उठाएका जिज्ञासाको उत्तर दिएका थिए । व्यवस्थापन विषयको महत्व, यसले विद्यार्थीहरुमा पार्ने प्रभाव, यसको सम्भाव्यताको बारेमा बैंकर बैकुण्ठराज तिम्सिनाले प्रकाश पारे ।

वाणिज्य कानुनका विज्ञ एवम् पर्यटन क्षेत्रका अध्यक्ष समेत रहेका माधव न्यौपानेले वाणिज्यको विकासमा कानुनको महत्वबारे प्रकाश पारेका थिए । विद्यालयका प्राचार्य ज्ञानेन्द्र थापाले विद्यालयले उपलब्ध गराउने सेवा, सुविधाका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा विद्यार्थीहरले विविध जिज्ञासा राख्नुका साथै अभिभावकहरुले राखेका जिज्ञासाको प्राचार्य ज्ञानेन्द्र थापाले उत्तर दिएका थिए । अंग्रेजी शिक्षक उदय सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.