www.tandavnews.com
Fact ~ In search of truth

नौ लाख घुस सहित सडक डिभिजन कास्कीका प्रमुख, इन्जीनियर र ठेकेदार पक्राउ

पोखरा ।
नौ लाख रुपैयाँ घुस सहित सडक डिभिजन कार्यालय कास्कीका प्रमुख र इन्जीनियरलाई अख्तियार कार्यालय पोखराले नियन्त्रणमा लिएको छ । सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरि कुमार पोख्रेल र सोही कार्यालयकै इन्जीनियर पवित्रपाणी आचार्यलाई अख्तियार पोखराले नौ लाख रुपैयाँ घुस सहित बिहीबार साँझ साँढे छ बजे नियन्त्रणमा लिएको हो । बिहीबार सांझ प्रमुख पोख्रेलकै निवासबाट पोख्रेल र आचार्यलाई ९ लाख सहित पक्राउ गरिएको असख्तयार स्रोतले जानकारी दियो ।
उक्त घुस सढक डिभीजन कार्यालय पोखराबाट सडकको ठेक्का मिलाइदिने भन्दै एसआर निर्माण सेवाका प्रोपाइटर ऋषिराम गौतमबाट लिएको अख्तियारले जनाएको छ । फरार रहेका ठेकेदार गौतमलाई पनि प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको बताइएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.