www.tandavnews.com
Fact ~ In search of truth

न्यू ग्यालेक्सीको रजत जयन्ती अवसरमा बास्केटबल

पोखरा ।

पोखरा नदिपुर स्थित न्यू ग्यालेकसी माबीले आफ्नो रजत जयन्तीको अबसरमा आयोजित विभिन्न कृयाकलाप अन्तर्गत अन्तर मा .बी विद्यालय स्तरिय बास्केटबल प्रतियोगिता आयोजना गरेको छ ।

बुधबार (हिजो) भएको छात्र तर्फको उद्घाटन खेलमा हिल पोइन्ट माबीले रेन्बो माबीलाई ३९–१८ को स्कोरले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेको छ ।

यस्तै मंगलबार नै सम्पन्न अन्य प्रथम चरणका खेलमा बाल कल्याण माबीले माउन्ट अन्नपूर्ण माबीलाई ४५–२६, मनकामनाले आयोजक न्यू ग्यालेक्सीलाई ३५–२८ र लिटिल स्टेपले विन्द्येश्वरीलाई २४–०८ को स्कोरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेका छन ।

यस्तै गरि छात्रा तर्फको खेलमा हिल पोइन्टले न्यू ग्यालेक्सीलाई १०–८ र लिटिलस्टेपले २०–० ले पराजित गरेका छन । प्रतियोगितामा बिजयी खेलाडीले छात्र तर्फ प्रथम र द्वितियले क्रमश नगद ८ र ४ हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।

यसै गरि छात्रा तर्फ प्रथम र द्वितियले क्रमश नगद ५ र ३ हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक बिर बहादुर गुरुङले बताए ।

कार्तिक ३० गते अर्थात भोली सम्म संचालन हुने प्रतियोगिताको पोखरा लेखनाथ महानगरपालिका वडा नं ३ का अध्यक्ष रबिन्सन प्रजुले उद्घाटन गरेका थिए ।

बिद्यालयका प्राचार्य डा.रामजी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका संरक्षक डा.राधेश्याम कायस्थ, निर्देशक राजु कायस्थ, कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष ध्वज कुमार गुरुङ लगाएतले बोलेका थिए ।

विद्यालयका प्राचार्य डा. शर्माका अनुसार न्य – ग्यालेक्सीले आफ्नो रजत जयन्तीका अबसरमा सामाजिक, शैक्षिक र स्वास्थ्य लगाएतका विभिन्न जनचेतनामुलक कार्यक्रमहरु अयोजना गरिने बताएका छन । उक्त विद्यालय विंस २०५१ मा स्थापना भएको हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.