www.tandavnews.com
Fact ~ In search of truth

पञ्चासेमा एसियाको दोश्रो ठूलो मन्दिर बन्दै

संजय रेग्मी ,
पर्वत /ताण्डव न्यूज ।

पर्वत, कास्की र स्याङजाको सिमानामा पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पञ्चासेमा सुदामा र राधाकृष्णको मन्दिर निर्माण शुरु भएको छ । पर्वतको कुस्मा नगरपालिका वडा नं १४ आर्थर काहुले स्थित पञ्चासे भजनकृतन मण्डलीले ५० लाख रुपैयाको लागतमा मन्दिर निर्माण गर्न लागेको हो ।

कृष्णका भक्त सुदामा सहित राधाकृष्णको मन्दिर एसियामा नै दोस्रो भएको भागवत वाचक पण्डित पशुपति उपाध्यायले बताए । भारतको उज्जैन क्षेत्रमा मात्रै राधाकृष्ण र उनका भक्त सुदामाको मन्दिर निर्माण भएको छ । भक्त नभए सम्म भगवानको अर्थ नभएका कारण कृष्णभक्त सुदामाको समेत मन्दिर एकै ठाउँमा बनाई धार्मिक पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखिएको छ । मन्दिरमा गौमुखी धारा, सुदामा स्नान कुण्ड सहितका संरचना समेत निर्माण गरिनेछ ।

पञ्चासे सम्म पर्यटक र दर्शनार्थी एक पटक आउनैपर्ने धार्मिक गन्तब्यको रुपमा सुदामा सहित राधाकृष्णको मन्दिर बनाउन लागिएको पञ्चासे भजनकृतन मण्डलीका अध्यक्ष ढाकाराम उपाध्यायले बताए । भविष्यमा राधाकृष्ण र सुदामाको दर्शन गर्न भारतबाट समेत ठुलो संख्यामा हिन्दु धर्मालम्बी भित्र्याउने उद्देश्य राखेर मन्दिर निर्माण शुरु गरिएको उहाँको भनाई छ ।

पर्यटनको राजधानी शहर पोखराबाट नजिकै रहेको पञ्चासे सम्म पोखराको घाटीछिना देखि केवलकार निर्माण गर्ने प्रकृया अघि बढेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.