www.tandavnews.com
Fact ~ In search of truth

पञ्चासे केबलकारले मजदुरलाई रोजगारी

पर्वत ।
पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेडले प्रभावित क्षेत्रका किसान र मजदुरलाई रोजगारी र लगानीको समेत अवसर दिने भएको छ ।

पर्वत, कास्की तथा स्याङ्जाको सिमानामा पर्ने प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पञ्चासेमा केबलकार सहितको पूर्वाधार निर्माण गर्ने उद्देश्य राखेको कम्पनीले ‘योगदानमा अधारित शेयर वितरण कार्यविधि’ पारित गरेर रोजगारी र शेयर लगानीको अवसर दिन लागेको हो ।

पञ्चासेसँंग जोडिएका साविकका १८ गाउँ विकास समितिका स्थायी बासिन्दाका लागि यो सुविधा लागू गरिएको कम्पनीले जनाएको छ । स्थानीय रूपमा बसोबास गर्ने आयस्रोत नभएका र तत्काल कम्पनीले तोकेको न्यूनतम पूँजी पुर्याउन सक्ने हैसियत नभएका किसान मजदुरलाई मात्र यस कार्यक्रममार्फत सुविधा दिन लागिएको पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए ।

कम्पनीमा लगानी गर्न कम्तीमा एक लाख लगानी गर्नुपर्छ । एक लाख लगानी गर्न नसक्ने र रोजगारी गरेर त्यसैबाट पनि शेयर सदस्य बनी मुनाफामा सहभागी बन्न सक्ने भएकाले प्रभावित क्षेत्रका लागि अवसर भएको अध्यक्ष शर्माको भनाइ छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.