www.tandavnews.com
Fact ~ In search of truth

पञ्चासे केबुरकार निर्माणमा स्थानियलाई तीन अर्ब बराबरको शेयर अधिकार

पर्वत ।

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासे जोड्ने केबुलकार निर्माण हुने भएको छ ।पञ्चासे पुग्नका लागि पोखरा महानगरपालिका–२३ घाँटीछिनाबाट केबुलकार निर्माण हुनलागेको हो ।

दुई हजार ५ सय १७ मिटरको उचाइमा रहेको पञ्चासे पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि पञ्चासे टुर्स एन्ड ट्राभल कम्पनी, बन्दीपुर केवलकार प्रालि र आरकेडी रियल स्टेट एण्ड कन्ट्रक्सन लिमिटेडले केबुलकार निर्माणको प्रक्रिया अघि बढाएको हो ।

Batas

प्रदेश नं ४ कै उत्कृष्ट गन्तव्यको रुपमा विकास हुँदै गएको पञ्चासे क्षेत्रको समग्र विकासका लागि निर्माण हुन लागेको केबुलकारमा स्थानीयवासीले तीन अर्ब रुपैँया बराबरको शेयर अधिकार पाउने भएका छन् । घाँटीछिनाबाट पञ्चासेसम्मको केबुलकारको दूरी झण्डै ८.५ किलोमिटर हुने भएको छ ।

जसको लागत १० अर्ब रुपैँया अनुमान गरिएकोमा ३० प्रतिशत स्थानीयवासीले शेयर हाल्न पाउने भएका छन् । पञ्चासेको प्रभावित क्षेत्र पर्वतको मोदी गाउँपलिका, कास्कीको पोखरा महानगरपालिका तथा स्याङ्जाको आँधीखोला गाउँपालिकाका बासिन्दाले शेयर अधिकार पाउने भएका हुन् ।

अहिले पञ्चासेमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरु कास्कीको भदौरेसम्म सवारीसाधनमा र त्यहाँबाट पैदल यात्रा गरी जाने गरेका छन् । त्यस्तैगरी पर्वत तर्फबाट चित्रे वा आर्थरडाँडाखर्क गाउँसम्म सवारीसाधन र त्यसपछि तीन देखि चार घण्टासम्म पैदल जानुपर्ने बाध्यता रहेको छ ।

पोखराबाट सबैभन्दा नजिकै रहेको पर्यटकीय गन्तव्य भएकाले पञ्चासेको पर्यटन प्रर्वद्धन गर्नका लागि केबुलकार निर्माण गर्न लागिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए ।

केबुलकार निर्माणका लागि विस्तृत सर्वेक्षणको काम भइसकेको निर्माण कम्पनीले जानकारी दिएको छ ।

निर्माण कम्पनीले दिएको जानकारीअनुसार पञ्चासेसम्म पुग्ने केबुलकार आगामी चार वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य लिएको कम्पनीका अध्यक्ष शर्माले जानकारी दिए ।   रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.