www.tandavnews.com
Fact ~ In search of truth

पत्रकार कमल पौडेल माथिको धम्कीप्रति युनियनको भत्र्सना

काठमाडौँ ।

नेपाल प्रेस युनियनले युनियनका पूर्व केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेपाल पत्रकार महासङ्घ कास्की शाखाका कार्यसमिति सदस्य कमल पौडेलमाथि भएको र्दुव्यवहारप्रति भत्सर्ना गरेको छ ।

युनियनका महासचिव अजयबाबु सिवाकोटीले आज जारी गरेको विज्ञप्तिमा पौडेलमाथि र्दुव्यवहार गर्दै फोनमा समेत धम्की दिइएको प्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

Batas

‘लाखौँ रुपैयाँ उठाई पोखराकी एक महिला फरार, मिटर ब्याजमा सर्वसाधारण ठगी’ शीर्षकको समाचार प्रकाशित गरेको भन्दै ती महिलाले ९८५६०४०२३८ को मोबाइलबाट ज्यान मार्ने धम्की दिएको पत्रकार पौडेलले जानकारी दिएका छन् ।

प्रकाशित समाचारप्रति चित्त नबुझेमा समाचारको खण्डन गर्ने, प्रेस काउन्सिलमा उजुरी गर्ने र त्यतिले पनि चित्त नबुझे अदालतमा जानसक्ने अवस्थामा पत्रकार पौडेललाई गरिएको र्दुव्यवहार निन्दनीय रहेको युनियनले जनाएको छ ।

पत्रकारको भौतिक सुरक्षाको प्रत्याभूति गरी निर्वाध समाचार सङ्कलन र सम्प्रेषणको वातावरण बनाउन पनि स्थानीय प्रशासनसँग युनियनले माग गरेको छ । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.