www.tandavnews.com
Fact ~ In search of truth

पत्रकार गिरीको रिहाइको माग गर्दै इलाम जिल्ला प्रशासनको मुल गेटमा धर्ना

इलाम ।

पक्राउ परेका पत्रकारलाई विनाशर्त रिहा गर्न माग गर्दै इलामका पत्रकारहरुले आज दिउसो जिल्ला प्रशासन कार्यालयको मुल गेटमा एक घण्टा धर्ना दिएका छन् । समाचार लेखेकै विषयमा पोखरामा प्रहरीले पत्रकारलाई पक्राउ गरेको विरोधमा इलामका क्रियाशील पत्रकारले धर्ना दिएका हुन् ।

‘पत्रकारिता साइबर क्राइम होइन ।’ भन्ने ब्यानर सहित ‘विद्युतीय कारोबार ऐन अन्तर्गतको दफा नम्बर ४७ र ४८ खारेज गर !’ लेखेको कालो ब्यानर राखेर उनीहरु धर्नामा वसेका हुन् ।

Batas

पोखराका पत्रकार अर्जुन गिरीको रिहाइको माग गर्दै इलाम सहित देशैभरका पत्रकाहरु यतिबेला आन्दोलनमा छन् । साइबर क्राइम मुद्दामा पक्राउ गरी कारबाही गरिएको विरुद्धमा उनीहरुले विरोध स्वरुप धर्ना दिएका हुन् । नेपाल पत्रकार महासंघ इलाम शाखाको नेतृत्वमा पत्रकारहरुले पत्रकारिता साइबर क्राइम अन्तर्गत नपर्ने भएकाले पत्रकार गिरीको तत्काल बिना शर्त रिहाइ हुनुपर्ने माग राखेका छन् ।

धर्नापछि नेपाल पत्रकार महासंघ प्रदेश नम्वर एकका उपाध्यक्ष सोमनाथ सुसेलीले तत्काल रिहा नगरे थप चरणबद्ध रुपमा आन्दोलनमा उत्रने चेतावनी दिए । उपाध्यक्ष सुसेलीले पत्रकार अर्जुन गिरीको समाचारबारे केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) लाई प्रेस काउन्सिलको क्षेत्रकाधिकारभित्र पर्छ भन्ने जानकारी हुँदाहुँदै पनि पक्राउ गरी म्याद थप गरिनु न्यायोचित नभएको बताए ।

उनले शाहि कालमा भन्दा कडा रुपमा हालको प्रहरी प्रशासन लागेको भन्दै जनतालाई सुसुजित गराउने कार्यका अहोरात्र खट्ने पत्रकारलाई पक्राउ नगर्न सुझाव समेत दिए । बिरोध तथा धर्नामा जिल्लाका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.