www.tandavnews.com
Fact ~ In search of truth

पत्रकार गिरी पक्राउ प्रकरण ः पोखराका पत्रिकामा कालो पोतिने टिभी र रेडियोको प्रशारण बन्द

अनलाइनमा कालाे स्किप एड

ताण्डव न्युज । 

पोखराका पत्रकार तथा ताण्डव न्यूजका सम्पादक अर्जुन गिरीलाई सिआइबीले पक्राउ गरेको घटनाको विरोध गर्दै पोखराका सञ्चार माध्यमहरुले बुधबार पत्रिकामा कालो पोत्ने, रेडियो र टिभीका प्रशारण रोक्ने भएका छन् ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले मंगलबार विज्ञप्ती जारी गर्दै पोखराबाट प्रकाशित हुने सबै पत्रिकाले विरोध गर्दै सम्पादकीयमा कालो पोत्ने, टेलिभिजन र रेडियोले विहान ६ बजे देखि ९० सेकेण्ड प्रशारण रोक्ने, अनलाइनमा कालो स्कीप एड राख्न निर्देशन दिएको हो ।

Batas

महासंघको विज्ञप्तीमा ताण्डव न्यूज साप्ताहिकका सम्पादक गिरी समाचार लेखेकै आधारमा साइबर अपराध अन्तर्गत मुद्दा पक्राउ पर्नु निन्दनिय भएको बताउँदै विनाशर्त पत्रकार गिरीलाई छोड्न पनि माग गरिएको छ ।

साइबर मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को हिरासतमा रहेका पत्रकार गिरीको रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघ कास्की सम्बद्ध पत्रकारहरुले मंलबार जिप्रका कास्कीमा धर्ना समेत दिए । त्यस्तै पत्रकार महासंघ गण्डकी प्रदेशले प्रदेशका सबै जिल्ला शाखाहरुलाई जिल्ला प्रशासनमा धर्ना दिएर दबाब दिन निर्देशन गरेको छ । तनहुँ र गोरखाको पत्रका महासंघले मंगलबार नै जिल्ला प्रशासनमा धर्नाको कार्यक्रम गरे ।

नेपाल सरकारकै नियमक निकाय प्रेस काउन्सीलमा दर्ता भएर ठगि गरेको समाचार लेख्नेलाई पक्राउ गरि मुद्धा लगाइ हिरासतमा राखेको प्रति पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।

‘प्रेस काउन्सिलको त्रुटीले पत्रकारलाई फसाएको छ,’ पत्रकार महासंघका केन्द्रीय सदस्य, ‘काउन्सिलले आफ्नो गल्ति सच्याउँदै सिआइबीलाई पत्र पठाइसकेको पनि अनेक प्रपन्च रचेर प्राविधिक कामहरु भन्दै म्याद थप गरी हिरासतमा लिनु निन्दनीय हो । विना शर्त छोडिएन भने दबाबका विभिन्न कार्यक्रम गर्न बाध्य भइनेछ ।’

बतास अर्गनाइजेसनका सञ्चालक सदस्य विपेन्द्रराज बतास विरुद्ध बदमास विपेन्द्रराज बतास शिर्षकमा समाचार प्रकाशन भएको थियो । ठगी विषयमा समाचार प्रकाशित गरेका गिरीलाई सोमबार केन्द्रीय सिआइबीले पक्राउ गरेको थियो । अहिले गिरी विरुद्ध तीन दिनको म्याद थप गरिएको छ ।

बतासले पोखराका व्यवसायी दालप्रसाद श्रेष्ठ (मनोज) र जनकराज पहारीबाट ४ करोड २३ लाख ठगी गरेको आरोप छ । श्रेष्ठ र पहारीले जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीको आधारमा गिरीले समाचार लेखेका थिए ।

पत्रकारलाई मुद्धा हाल्ने बतास विरुद्ध पक्राउ पुर्जी

व्यवसायी विपिन (विपेन्द्र) बतासलाई कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । पोखरा ६ का जनकराज श्रेष्ठ र दालप्रसाद (मनोज) श्रेष्ठले बतासबाट आफूलाई ४ करोड ३३ लाख रुपैयाँ ठगी भएको भन्दै सोमबार जाहेरी दर्ता गरापछी मंगलबार अदालतले पुर्जी जारी गरेको हो । चैतको अन्तिम सातादेखि जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता प्रक्रिया सुरु भएपनि सोमबार मात्र दर्ता भएको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.