www.tandavnews.com
Fact ~ In search of truth

पत्रकार बन्ने मात्र हैन पत्रकारिता गर्नुहोस्ः पत्रकार महासंघ कास्की

पोखरा।

पत्रकार महासघं कास्कीले नयाँ सदस्यता पाएका पत्रकारलाई आचारसंहिता सम्बन्धि तालिम दिएको छ । तालिममा पत्रकारले समाजका लागि बहन गर्नुपर्ने दायित्व, जिम्मेवारी, कर्तव्य र अधिकारको बारेमा के कस्ता आचारसंहिता छन् भन्ने बारे जानकारी दिइएको थियो ।

तालिममा अबको पुस्ता पत्रकार बन्ने मात्र हैन पत्रकारिता पनि गर्नुपर्ने सुझाव दिइएको थियो । पत्रकारले पत्रकारिताको इथिक्स मिच्न नहुने भन्दै आफ्नो जिम्मेवारी सहि तरिकाले पुरा गर्नुपर्ने तालिममा बताइएको थियो ।

पत्रकारिता गर्नेले यस क्षेत्रका चुनौतीलाई पहिले नै अनुशरण गरेर पत्रकारितामा आउनुपर्ने र समाजप्रति उत्तरदायी बन्न तालिममा आग्रह गरिएको थियो । पत्रकार कुनै सम्मान, उपहार जस्ता कुराको लोभमा पर्न नहुने बताउँदै पत्रकार कसैबाट प्रयोग हुन नहुने र प्रयोग भइयो कि भनि आफै सजक हुनुपर्ने भन्दै सचेत गराइएको थियो ।

पत्रकारितामा इमान्दारी आवश्यक रहेको, फाइदाका लागि पत्रकार नभई विकृती र विसंगती विरुद्ध कलम चलाउने र समाजमा सही सुचना प्रवाहको माध्यम बन्न नयाँ सदस्यलाई सल्लाह दिइयो ।

महासघं कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न तालिममा पत्रकार भरत कोइरालाले आचारसंहिताका बारे सहजीकरण गरेका थिए । तालिममा अग्रज पत्रकार बद्री विनोद प्रतिक, पुण्य पौडेल, रमेश पौडेल, केशव शरण लगायतले बोलेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.