www.tandavnews.com
Fact ~ In search of truth

पत्रकार भरतलाई पिसिसीआई आर्थिक पत्रकारिता पुरस्कार

पोखरा ।

पोखरा उद्योग वाणिज्य संघले पत्रकार भरत कोइरालालाई पोखरा उद्योग वाणिज्य संघ(पिसिसीआई)आर्थिक पत्रकारिता पुरस्कार–२०७६ बाट सम्मानित गर्ने भएको छ ।

संघका पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठको संयोजकत्वमा गठित पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार योग्य प्रतिभा चयन उपसमितिले मंगलबार कोइरालालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

सो समितिका सदस्यहरुमा संघका पूर्वउपाध्यक्ष ईश्वर कर्माचार्य, पूर्वकोषाध्यक्ष दिलिपराज श्रेष्ठ, नेपाल पत्रकार महासंघ कास्की शाखाका सल्लाहकार रमेश पौडेल र पोउवा संघका कार्यसमिति सदस्य हरिराज पन्त सदस्य रहेका थिए । पुरस्कारमा ३५ हजार रुपैयाँ नगदसहित सम्मानपत्र रहेको छ ।

कोइरालाले पत्रकारिताको माध्यमबाट समग्र पोखराको आर्थिक विकासमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । संघले आफ्नो ६५ औँ अधिवेशनको अवसरमा आउँदो असोज ४ गते सम्मान गर्ने संघका महासचिव अर्जुन पोखरेलले जानकारी दिए । हरेक दुई वर्षमा प्रदान गरिने सो पुरस्कारबाट यस अघि पत्रकार सन्तोष पोखरेल र रुपनारायण ढकाल सम्मानित भइसकेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.