www.tandavnews.com
Fact ~ In search of truth

पत्रकार महासंघ गण्डकीको कार्यवाहक अध्यक्षमा गुरुङ

पोखरा ।

अध्यक्ष त्रिभुवन पौडेल उपस्थित नहुँदासम्मका लागि पत्रकार महासंघ गण्डकी प्रदेशको जिम्मेवारी शान्ति गुरुङले सम्हाल्ने भएकी छिन् । गुरुङ महासंघकी उपाध्यक्ष हुन् ।

अध्यक्ष पौडेलले केही समय परिवारकालागि दिनुपर्ने भएको उल्लेख गर्दै गुरुङलाई कार्यवाहकको जिम्मेवारी सुम्पिएको बताए । पौडेल र उनकी श्रीमती प्रतिभा अधिकारीलाई केहि दिनअघि पहिलो सन्तानका रुपमा पुत्रलाभ भएको छ । अध्यक्ष पौडेलले भने ‘श्रीमती र छोराको आवश्यक स्याहारसुसार गर्नुपर्ने बेलासम्म संस्थाको काम प्रभावित हुने भएकाले कार्यवाहक सुम्पिएको हुँ।’

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.