www.tandavnews.com
Fact ~ In search of truth

परजीवी नियन्त्रण गरे उत्पादनमा पच्चीस प्रतिशतले वृद्धि

पोखरा ।

पशु स्वास्थ्यमा देखिएको परजीवी प्रकोप नियन्त्रण गर्न सकेमा मुलुकमा पच्चीस प्रतिशतले उत्पादनमा वृद्धि हुने अनुमान गरिएकोे छ ।

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक सङ्घको चौथो स्थापना दिवसका अवसरमा पोखरा–२० स्थित मौजा आँटीघरमा आयोजित सरोकारवालासँगको अन्तरक्रिया तथा पशु स्वास्थ्य, बाँझोपन निवारण शिविरमा उक्त कुरामा जोड दिइएको हो ।

Batas

पशुको स्वास्थ्य परीक्षणमा देखिएको जुका, चुर्नालगायत विभिन्न खालका परजीवीका कारण उत्पादनमा कमी आउनाका साथै मानव स्वास्थ्यमा समेत असर पर्ने गरेको छ ।पोखरा महानगरपालिका–२० का वडाध्यक्ष सिम गुरुङले कृषकहरूलाई पशुका लागि आवश्यक औषधि वितरण गर्र्दै गोठदेखि ओठसम्म शुद्धताको खाँचो आवश्यक रहेकामा जोड दिए ।

व्यावसायिक बाख्रापालनको पकेट क्षेत्रको रुपमा रहेको पोखराको विकट मौजा गाउँका किसानका गोठमा देखिएको पशु स्वास्थ्यको अवस्था र उपचारमा सहयोग गर्न प्राविधिक टोलीलाई आग्रह गर्दै उनले त्यसका लागि महानगर र वडास्तरबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मौजा बाख्रापालन कृषि सहकारी संस्थाका अध्यक्ष दुर्गाबहादुर गुरुङले गाउँबाट वार्षिक ७० लाख बराबरको खसी र बोका बिक्री हुँदै आएको जानकारी गराउँदै सरकारबाट पाउने अनुदान वास्तविक किसानले सुलभ रूपमा पाउनुपर्ने माग गरे ।

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक सङ्घ नेपालका महासचिव सुरेशकुमार श्रेष्ठले उत्पादनमा वृद्धि र कृषकको समृद्धिका लागि ७७ जिल्लाका ७५३ वटै स्थानीय तहमा पशु तथा कृषि प्राविधिकको व्यवस्था गरिनुपर्नेमा जोड दिए।

शिविरमा पशुको शारीरिक विकास र परजीवी नियन्त्रणका साथै बाँझोपनबाट जोगाउने खालका ४० हजार मूल्य बराबरका विभिन्न औषधि कृषकलाई निःशुल्क वितरण गरिएको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.