www.tandavnews.com
Fact ~ In search of truth

परासीका सुनिलले गरे आफ्नै श्रीमतीको हत्या

 

 

परासी ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ की २१ वर्षीया कमला चौधरीको आफ्नै श्रीमानले हत्या गरेको खुलेको छ । कमला गत पुस ४ गतेबाट हराइरहेकी थिइन् ।

Batas

उनका श्रीमान सुनिलले आपसी मनमुटावका कारण श्रीमतीको आफैँले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । उनको पुस १७ गते जङ्गलमा शव फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो । घाँस दाउरा गर्न गएका स्थानीयवासीले बर्दघाटको चिसापानी जङ्गलमा उनको शव फेला पारेपछि अनुसन्धानको क्रममा उनकै श्रीमान् सुनिलले हत्या गरेको रहस्य खुलेको हो ।

सुनिललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ भने उनलाई कर्तव्य ज्यान मुद्दा चलाइने बताइएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.