www.tandavnews.com
Fact ~ In search of truth

पर्यटकको पर्खाइमा ज्यामरुककोट

गलेश्वर ।

सातवटा हिमाल र ३० भन्दा बढी गाउँ आँखै अगाडि देख्नसकिने पर्यटकीय सम्भावनाले युक्त ज्यामरुककोट पर्यटकको पर्खाइमा रहेको छ ।

म्याग्दीको बेनी नगरपालिका–२ मा अवस्थित ज्यामरुककोटको कोटडाँडोबाट सात वटा हिमशृङ्खलाका साथै दर्जनौँ गाउँ, वनजङ्गल र नदीहरूको नागबेली दृश्य देख्न सकिन्छ ।पर्यटकीय, जैविक र सांस्कृतिक सम्भावनाले युक्त ऐतिहासिक र पुरातात्विक स्थल ज्यामरुककोट प्रशस्तै प्राकृतिक सौन्दयले युक्त भएर पनि प्रचारप्रसार र भौतिक पूर्वाधारको अभावमा ओझेलमा परेको छ ।

सदरमुकाम बेनीबजारदेखि करीब चार किलोमिटरको दूरीमा रहेको ज्यामरुककोटमा पर्यटकलाई आकर्षित गर्नसक्ने प्रशस्त सम्भावना रहेका छन् । ज्यामरुककोटको कोटडाँडोबाट धौलागिरी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रेलगायत सात वटाभन्दा बढी हिमशृङखलाको दृश्यावलोकन, धौलागिरी र गण्डकी क्षेत्रका ३० वटाभन्दा बढी गाउँ, सूर्योदय, ग्रामीण सौन्दर्य र सदरमुकाम बेनीबजारका साथै म्याग्दी नदी र कालीगण्डकीको नागबेली दृश्य देख्न सकिन्छ ।

त्यसका साथै यहाँ १७ औँ शताब्दीको धार्मिक र ऐतिहासिक स्थल खड्ग भवानी कोट, ऐतिहासिक राजकुवा, मल्लकालीन हातहतियारलगायत प्रशस्तै प्राकृतिक र ऐतिहासिक सम्पदाहरू रहेका स्थानीय अगुवा भीमबहादुर पौडेलले बताए ।जिल्ला सदरमुकाम बेनीबजारदेखि नजिकै रहेको भए पनि सम्बन्धीत निकायले ध्यान दिन नसक्दा पश्चिम नेपालकै एक ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको महत्वपूर्ण स्थल गुमनाम रहेको स्थानीय युवा कृष्णप्रसाद शर्माले बताए । रासस

फाइल :तस्बिर

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.