www.tandavnews.com
Fact ~ In search of truth

पर्यटक डाक्न गण्डकी प्रदेशको टोली अन्य प्रदेशतर्फ

सुशान्त गाहा मगर,
पोखरा /ताण्डव न्यूज ।

गण्डकी प्रदेशको एक टोली आन्तरिक पर्यटन बर्ष –२०१९ का लागि पर्यटक डाक्न अन्य प्रदेशतर्फ प्रस्थान गरेको छ ।

प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको नेतृत्वमा कलाकार सहितको टोली आज (बिहिबार) प्रस्थान गरेको हो ।

टोली नेता पर्यटनमन्त्री लम्साललाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको झण्डा सहितको संस्कृति अंकित नक्शा हस्तान्तरण गरि अभियानको शुभारम्भ गरे ।सो अवसरमा बोल्दै मुख्यमन्त्री गुरुङले आन्तरिक भ्रमण बर्ष सफल बनाउनका लागि सबैले आ –आफ्नो ठाउँबाट लाग्नुपर्ने बताउदै भ्रमणमा जाने टोलीलाई शुभकामाना ब्यक्त गरे ।

मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशमा सन् २०२२ मा २० लाख पर्यटक भित्राउनका लागि बिभिन्न क्षेत्रबाट सबैलाई पहल गर्न आग्रह गर्दै मुख्य आकर्षणको रुपमा प्रकृति र संस्कृति रहेको उल्लेख गरे ।

विश्वमा सगरमाथा तथा गौतम बुद्धको जन्मस्थान भनेर प्रचार गरिने बताउँदै उनले आन्तरिक पर्यटन प्रबद्र्धनका लागि कल्चर र नेचरको बयान नै काफि रहेको बताए । उनले कलाकारहरुले गण्डकी प्रदेशको प्रचारमा बिशेष भुमिका रहने भन्दै पर्यटन प्रबद्र्धनका निम्ति अतुलनिय भुमिका खेल्नेमा बिश्वास ब्यक्त गरे ।

साँस्कृतिक कार्यक्रम सहित अभियानमा निस्केको उक्त टोली बुटवल, वीरगञ्ज, विराटनगर हुँदै काठमाण्डौ पश्चात आगामी १६ गते पोखरा फर्किनेछ

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.