www.tandavnews.com
Fact ~ In search of truth

पर्यटन प्रर्वद्धनका लागी पोखरामा एमआरआरको फुटलसल प्रतियोगिता

पोखरा,
ताण्डव न्यूज ।

चर्चित फेसबुक समुह मेन्स रिलोडेड (एमआरआर) ले फुटसल प्रतियोगिताको आयोजना गरेको छ ।

फुटसल प्रतियोगिताको चाँजोपाँजो एमआरआर पोखराका समुहले मिलाएका हुन् । यतिबेला एमआरआरका समुह फुटसल प्रतियोगिताका लागी पोखरा आएका छन् । नेपाल पर्यटन वर्ष २०२० लाई सहयोग पुर्याउन आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले एमआरआरले आज पोखरामा फुटसलको आयोजना गरेको हो ।

Batas

‘खेलकुद घुमघाम दाजुभाइको प्यार, पर्यटन प्रवद्र्धन मा हामी एमआरआर’ भन्ने नारासहित फुटसलको आयोजना गरिएको हो । पोखराको फुटसल एरेना गैह्रापाटनमा हुने फुटसलको एमआरआर फुटसल २०७६ नाम दिइएको छ ।

फुटसल प्रतियोगितामा झापा, बुटवल, चितवन, धनगढी, काठमाण्डौँ र पोखराका समुहले भाग लिनेछन् । काठमाण्डौँ र पोखराका दुई–दुई समुहले प्रतियोगितामा भाग लिनेछन् ।आठवर्षदेखि युवामाझ चर्चित समुह एमआरआरले सामाजिक सञ्जालमार्फत समाजमा विभिन्न समाजसेवा लगायतका सामाजिक कार्य गर्दै आएको छ ।

फुटसल प्रतियोगिताको मिडिया पार्टनरमा ताण्डव न्युज रहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.