www.tandavnews.com
Fact ~ In search of truth

पर्वतका कारागारका ९७ कैदीबन्दीको स्वास्थ्य परीक्षण

पर्वत ।
जिल्ला कारागार पर्वतमा रहेका कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको छ । विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको हो ।

पर्वत जिल्ला कारागारमा रहेका ९७ कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य कार्यालय पर्वतका प्रमुख सजिला महर्जनले जानकारी दिए । कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दीको एचआइभी परीक्षण गर्नुका साथै सबैको क्षयरोग र पूर्णरूपमा स्वास्थ्य परीक्षण गरिएको महर्जनले जानकारी दिए ।

परीक्षण गरिएका सबै कैदीबन्दीमा एचआइभी नभेटिएको र जटिल खालका बिरामी पनि नभेटिएको महर्जनले बताए । उनका अनुसार केही बिरामीमा मधुमेहको समस्या देखिएकोले थप परीक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालयमा बोलाइएको छ । कारागारका कैदीबन्दीको जिल्ला अस्पताल पर्वतका चिकित्सकले परीक्षण गरेका थिए ।

परीक्षणका क्रममा सामान्य रुघाखोकी र नियमित औषधि सेवन गर्नुपर्नेलाई औषधिसमेत वितरण गरिएको थियो । विभिन्न कसुरमा बन्दी जीवन बिताइरहेकालाई कारागारभित्र रहुञ्जेलसम्म स्वस्थ राख्ने उद्देश्यले पहिलोपटक स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए ।

पच्चीस कैदीबन्दी क्षमताको जिल्ला कारागारमा अहिले झण्डै चारगुणा बढी रहेका छन् । सङ्ख्या अत्यधिक हुँदा बसोबासमा समस्या भएको उनीहरुको गुनासो छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.