www.tandavnews.com
Fact ~ In search of truth

पर्वतका क्यान्सर पीडित मिनबहादुरका लाई १२ लाख सहयोग

संजय रेग्मी,
पर्वत /ताण्डव न्यूज ।

पर्वतका पत्रकार रामकृष्ण लामिछानेले चलाएको अभियानबाट आन्द्राको क्यान्सरको उपचार गराइरहेका पर्वतको कुस्मा नगरपालिकाका ३१ वर्षीय मिनबहादुर परियार (खड्का) को लागि झन्डै १२ लाख रुपैयाँ संकलन भएको छ ।

लामो समयसम्म काठमाडौँको ग्राण्डी अस्पतालमा उपचार गराउँदा निको नभएपनि भारत नयाँ दिल्ली स्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराउँदा झन्डै ५५ लाख रुपैयाँ भन्दा बढी खर्च भएपछि उनको उपचारमा सघाउन आर्थिक सङ्कलन अभियान चलाइएका छन् ।

पत्रकार रामकृष्ण लामिछानेको पहलमा सुरु गरिएको अभियानमा स्वदेश र विदेशमा रहेका नेपाली तथा गैर नेपालीहरूबाट सङ्कलन भएको ११ लाख ७४ हजार रुपैयाँ परियारको परिवारलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, नेतृ राधाकुमारी कुँवर क्षेत्री, पत्रकार महासङ्घ पर्वतका अध्यक्ष छविलाल तिवारी र पत्रकार लामिछानेले संयुक्त रूपमा चेक मार्फत हस्तान्तरण गरेका हुन् ।

घरको आर्थिक अवस्था कमजोर रहेको र खड्काको उपचारमा ठुलो रकम खर्च भएपछि उनको उपचारमा नै समस्या उत्पन्न भएको खड्काकी श्रीमती हिना परियारले बताइन् । एउटै किमो चढाउँदा नेपाली ८ लाख रुपैयाँ सम्म खर्च हुने गरेको र अझै पनि लामो उपचार आवश्यक रहेको उनको भनाई छ ।

‘सुरु सुरुमा नेपाली ४० हजार रुपैयाँजतिको किमो चढाइएको थियो, पछिल्लो पटक त एउटैको मूल्य नेपाली आठ लाख रुपैयाँसम्म परेको छ ।’ उनले भनिन, ‘घरको आर्थिक अवस्था कमजोर भएकोले उपचारमा समस्या भएको बेलामा पत्रकार लामिछानेले गर्नुभएको पहलले ठुलो राहत मिलेको छ ।’

रकम हस्तान्त्रण गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले एउटा ब्यक्तिलाई पर्दा अर्को ब्यक्तिलाई सघाउनु नेपाली समाजको विशेषता रहेको बताउँदै खड्काको जीवनरक्षाका लागि सघाउन सबैलाई अपिल गरे। जोशीले खड्काको सुस्वास्थ्यको कामना गर्दै आवश्यक सहयोगका लागि आपूm सदैव तत्पर रहेको बताए।

यस्तै, नेपाली काँग्रेसकी महासमिति सदस्य राधाकुमारी कुँवर क्षेत्रीले बिस्तारामा रहेका खड्काको अवस्थाले आपूmलाई चिन्तित बनाएको भन्दै शिघ्र स्वास्थ्य लाभको कामना गरिन् । आत्मबल बलियो बनाउँदा शरीरको प्रतिरक्षा शक्ति बढ्ने भएकोले पनि उनले क्यान्सर पिडित खड्कालाई आपैmमा विश्वास गर्न अनुरोध गरिन् ।

यता, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले पत्रकार लामिछानेले चलाएको अभियान उदाहरणीय काम भएको भन्दै धन्यवाद ब्यक्त गरेका छन् । परोपकारी पत्रकारिताले कोही कसैको जीवन रक्षामा सघाउन सक्ने हो भने त्यो नै धर्म हुने भएकोले यो अभियानमा सघाउन उनले सबैमा अनुरोध गरेका छन् ।

कसैको सहयोगले अरुको जीवन बाँच्न सम्भव रहेको अवस्थामा परोपकारी बनेर सहयोग गर्न पत्रकार लामिछानेले अनुरोध गरेका छन् । ‘हामीले थोरै थोरै रकम सघाउँदा पनि उहाँका लागि धेरै हुन्छ।’ उनले भने, ‘परिवारको आर्थिक अवस्था कमजोर रहेकोले सबै उपचार गराउन सक्ने अवस्था छैन्। आर्थिक अभावकै कारण कसैको पनि ज्यान जानु राम्रो होईन। त्यसैले मैले सामाजिक संजाल मार्पmत यो अभियानको थालनी गरेको हुँ ।’

मङ्गलवार नै खड्गाको परिवारलाई साउदी अरेबियामा कार्यरत रामबहादुर खवासको नेतृत्वमा सङ्कलन गरिएको ८५ हजार ६ सय ५ रुपैयाँ पनि हस्तान्तरण गरिएको छ । कुस्मा नगरपालिका २ खुर्कोट घर भई साउदीमा रहेका खवासले अन्य नेपालीहरूसँग सहयोग सङ्कलन गरेर पठाएका हुन् । उक्त रकम श्रीमती गीता खवास मार्पmत मीनबहादुरको परिवारलाई प्रदान गरिएको हो ।

खड्काको उपचारमा सघाउन हालसम्म झन्डै १८ लाख रुपैयाँ सहयोग सङ्कलन भएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.