www.tandavnews.com
Fact ~ In search of truth

पर्वतका चोर पोखरामा पक्राउ

संजय रेग्मी
पर्वत /ताण्डव न्यूज ।

जिल्ला प्रहरी कार्यालय पर्वतले पर्वतकै मोदी गाउँपालिकाको एक घरमा चोरी गरेर फरार रहेकाहरुलाई पोखराबाट पक्राउ गरेको छ ।

गएको पुष ६ गते राती मोदी गाउँपालिका २ पातिचौर स्थित सुविना ढकाल चापागाईँको घरमा चोरी गरेका ४ जनालाई पोखराबाट पक्राउ गरी हिजो (सोमबार) पर्वतमा सार्वजनिक गरिएको हो । पक्राउ पर्नेहरुमा पक्राउ पर्नेमा पर्वतकै पर्वत मोदी गाउँपालिका ३ घर भई हाल कास्की वस्ने राजेश वि.क, रुकुमको उत्तरगंगा गाउँपालिका ४ बस्ने वावु वुढामगर, कास्कीको पोखरा लेखनाथ महानगरपालिका १३ वस्ने रन्जु कुमार सुनार र सुन्दर विक रहेका छन । घट्ना लगत्तै उनीहरुको खोजीमा लागेको प्रहरीले गएको पुष २० गते उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले चापागाईको घरमा रहेको दराज फोडी दराज भित्र राखिएको डेढ तोलाको सुनको माला एउटा, दुई तोलाको सुनको वाला एउटा, सुनको औँठी एउटा, २ ओटा घडी, २ ओटा पन्चरत्ने वाला र नगद ६४ हजार रुपैयाँ चोरी गरेका थिए । पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धानपछि पर्वत जिल्ला अदालतवाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.