www.tandavnews.com
Fact ~ In search of truth

पर्वतको दुर्लुङमा चोरी बढ्दै

संजय रेग्मी,
पर्वत /ताण्डव न्यूज ।

 

पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङमा श्रृङखलाबद्ध रुपमा चोरीका घट्ना भएपछि स्थानीयले चिन्ता प्रकट गरेका छन् ।

दुर्लुङका वडाध्यक्ष तेजप्रसाद पाध्याका अनुसार गत २३ गते राती दुर्लुङको कोटथरका केशबहादुर क्षेत्रीको घरबाट २ तोला तौल भएको एउटा सुनको औँठी र ८५ हजार रुपैयाँ नगद चोरी भएको छ । रातीको समयमा घरको ढोका फुटाएर घरबाट चोरी भएको हो ।

Batas

यस्तै, २४ गते राती पनि क्षेत्रीको घरभन्दा केही तल रहेको धनमाया गुरुङको घरको ढोका फुटाइएको भेटीएको छ । धनमाया पोखरामा रहेको छोरीको घरमा बस्न गएकोले घरमा कोही पनि नभएको मौका पारेर ढोका फुटाएको भेटीएको हो ।

वडाध्यक्ष पाध्याका अनुसार धनमाया गाउँमा नआइपुगन्जेल उनको घरबाट के कति चोरी भएको हो भन्नेबारेमा केही पनि खुलेको छैन् । जिल्ला प्रहरी कार्यालय पर्वतबाट गएको प्रहरी टोलीले चोरीको बिषयमा मुचुल्का तयार पार्नुको साथै गस्ती र निगरानीलाई बढाएको प्रहरीलाई उद्धृत गर्दै वडाध्यक्ष पाध्याले जानकारी दिए ।

गाउँमा चोरको बिगबिगी हुँदै जान थालेपछि बुधवार मात्रै वडा कार्यालयमा जनप्रतिनिधि र स्थानीय यूवाहरुको बीचमा छलफल पनि भएको छ । चोरीका घट्ना बढ्न नदिनको लागि स्थानीय यूवाहरुले सक्रियता बढाउने र दिउसो तथा राती दुवै समयमा घरहरुमा निगरानी गर्ने निर्णय भएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.