www.tandavnews.com
Fact ~ In search of truth

पर्वतको पुरानो विद्यालय भवानी विद्यापीठको भवन शिलान्यास

पर्वत ।
जिल्लाको सबैभन्दा पुरानो विद्यालय भवानी विद्यापीठ मावि भौतिक पूर्वाधारले सम्पन्न हुन थालेको छ ।

शैक्षिक गुणस्तरको हिसाबले पनि अब्बल मानिएको विद्यालय नमूना विद्यालयको रुपमा अघि बढेको छ । यसैबीच नमूना विद्यालय विकास सुधार गुरुयोजनाअन्तर्गत विद्यालयमा नयाँ भवन निर्माणकार्य शुरु भएको छ । झण्डै एक करोडको लागतमा तीनतले नौ कोठाको पक्की भवन निर्माण शुरु भएकोे विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार रेग्मीले जानकारी दिए ।

निर्माणाधीन भवनको फलेवास नगरपालिकाकी उपप्रमुख मञ्जु अधिकारीले शिलान्यास गरे । जिल्लाकै पुरानो उक्त विद्यालय नेपाल सरकार शिक्षा मन्त्रालयबाट नमूना विद्यालयको रूपमा छनोट भएको छ । रासस

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.