www.tandavnews.com
Fact ~ In search of truth

पर्वतको बिहादीमा प्याराग्लाइडिङ

पर्वत ।

दक्षिण पर्वतको बिहादी गाउँपालिकामा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । बिहादी गाउँपालिका–५ को लुम्राङको डाँडामा प्याराग्लाइडिङको उडान सफल भएको हो । उरामको गेप्ताङस्थित मगर बस्तीमा रहेको गेप्ताङ सामुदायिक घरबास (होमस्टे)ले आयोजना गरेको गाउँ पर्यटन प्रर्वद्धन कार्यक्रमको अवसरमा प्याराग्लाइडिङ उडान गरिएको हो ।

पोखराको सराङकोटमा प्याराग्लाइडिङ सञ्चालन गर्दै आएका विवेक राना र गोले लामाको नेतृत्वमा विपीन परियार, रमेश नेपाली, विक्रम नेपाली र सत्या राईले विहादी गाउँपालिकाको आकाशमा प्याराग्लाइडिङ उडाए ।

Batas

परीक्षण उडानपछि विपीन परियारले लुम्राङ र देउरालीडाँडा प्याराग्लाइडिङ उडान गर्नका लागि र रानीपानीमा रहेको इमिचौर अवतरण गर्नका लागि उत्तम स्थान रहेको बताए । आवश्यक पूर्वाधार सडक, धावनमार्गको व्यवस्थित विकास गर्न सकेमा व्यावसायिक रूपमा यस स्थानमा प्याराग्लाइडिङ सञ्चालन गर्न सकिने चालक रमेश नेपालीले बताए ।

प्याराग्लाइडिङका माध्यमबाट पर्यटन क्षेत्रको प्रवद्र्धन गर्दै बिहादीलाई समृद्धिको पथमा हिँडाउने लक्ष्यका साथ परीक्षण उडान गरिएको गाउँपालिका अध्यक्ष कमलप्रसाद भुषालले बताए । सफल उडानअघि धावनमार्ग र अवतरणस्थलका बारेमा सम्भाव्यता अध्ययन गरिएको थियो । रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.