www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा गाँजासहित पक्राउ परे सुनिल, एलिजा र अपेक्षा

पर्वत
ताण्डव न्यूज ।

जिल्ला प्रहरी कार्यालय पर्वतले लागु औषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । गएको कात्र्तिक २ गते कुश्मा नगरपालिका ६ शिवालय चोकवाट गाँजा सहित सहित १ पुरुष र २ युवति पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा काठमाडौंको चावहिल बस्ने २२ बर्षका सुनिल कुमार श्रेष्ठ, एलिजा राई र पर्वत कुश्मा नगरपालिका ९ ज्ञादी वस्ने २० बर्षकी अपेक्षा परियार रहेका छन । उनीहरुको साथवाट अन्दाजी एक सय ग्राम गाँजा बरामद भएको थियो ।

Batas

पक्राउ परेकाहरुलाई कात्र्तिक २ गतेवाट नै लागु हुने गरी पर्वत जिल्ला अदालतवाट १० दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.