www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा फरार अभियुक्त २ सय ३ जना

संजय रेग्मी ,
पर्वत /ताण्डव न्यूज ।

पर्वतका २ सय ३ जना अभियुक्तहरुले अदालतले सुनाएको सजायँ फैसला भुक्तान नगरी फरार रहँदै आएको पाईएको छ ।

उनीहरुबाट कुल ६ सय ४० बर्ष कैद सजायँ तथा ६५ लाख रुपैयाँ जरीवाना अंशुल गर्न बाँकी रहेको जिल्ला अदालत पर्वतका न्यायधिस सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार जिल्ला अदालतबाट फैसला सुनाइएका १ सय ७७ मुद्धा उपर अदालतले सजाय सुनाएपनि आरोपित तथा अभियुक्तहरु अझै कानूनी दायरामा आउन सकेका छैनन ।

फैसला हुने तर कार्यान्वयन नहुने भएकाले यो आर्थिक बर्षलाई फैसला कार्यान्वयन बर्षका रुपमा घोषणा गरिएको छ । यही अभियान अन्तर्गत नै अदालतले सुनाईएका फैसला र भुक्तान बाँकी रहेका अभियुक्तहरुको बिषयमा जानकारी दिएको हो ।

बर्षौँ अघि फैसला भएर पनि कानूनी कारबाहीको दायरामा नआएका फरार अभियुक्तहरुलाई कानूनी कारबाहीको प्रक्रियामा ल्याई फैसला कार्यान्वयन गराउने र यसरी फरार रहेका अभियुक्तका कारण बास्ताविक न्याय पाउन नसकेका पिडितहरुलाई न्यायको प्रत्याभूति गराउन फैसला कार्यान्वयनमा ताकेता गरिएको जिल्ला न्यायधिश थापाको भनाई छ ।

उनले स्थानीय तह तथा जिल्लामा रहेका सरकारी कार्यालयहरुले कानूनी सजाय सुनाइएपनि सजाय भुक्तान नगरेका व्यक्तिहरुलाई कुनै पनि सरकारी सेवा सुविधा उपभोग गर्न नदिन आग्रह गरेका छ ।

यता, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले प्रहरीले अदालतसंग सहकार्य गरेर फरार अभियुक्तहरु पक्राउ गर्न कडा निगरानी गरिरहेको जानकारी दिए । सजायँ भुक्तान नगरी फरार रहँदै आएकाहरुलाई नियन्त्रणमा लिन प्रहरीको बिशेष टोली परिचालन गरिएको र केही अभियुक्तहरुलाई पक्राउ गरी अदालतमा बुझाईसकिएको पनि प्रहरी नायव उपरीक्षक तिवारीले बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.