www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

संजय रेग्मी,
पर्वत/ताण्डव न्यूज ।

पर्वतको मोदी गाउँपालिका २ पातिचौरमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोदी गाउँपालिका ६ तिलाहारका ३५ वर्षीय कृष्णबहादुर थापा रहेका छन ।

पोखराबाट बागलुङतर्फ जाँदै गरेका थापाले चलाएको ग ९ प ७७ ३७ नं. को मोटरसाइकल र कुस्माबाट पोखरातर्फ आउँदै गरेको ना ५ ख ६३ ५२ नं. को यात्रुवाहक बस पातिचौरमा आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि तत्काल नै मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको भए पनि बाटोमा नै मृत्यु भएको हो । प्रहरीले बस र बसका चालक गोरखाका गोविन्द चेपाङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.