www.tandavnews.com
Fact ~ In search of truth

पर्वत : जलजलाको केन्द्र विवाद समाधान, लामाखेतमा कायम

फलेवास, पर्वत(रासस) ।

लामो समयदेखि बल्झिएको यहाँको एक गाउँपालिकाको केन्द्र विवाद समाधान भएको छ ।

उत्तरी पर्वतको जलजला गाउँपालिकाको केन्द्र राख्ने विषयमा जनप्रतिनिधिबीच भएको विवाद मिलेको हो । साबिकको माझफाँट गाविसको कार्यालयवाट सञ्चालन हुँदै आएको गाउँपालिकाको केन्द्र अब सोही गाविसको लामाखेतमा सर्ने भएको छ । हालै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले लामाखेतमा केन्द्र तोक्ने निर्णय गरेपछि विवाद समाधान भएको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिनुभयो ।

Batas

गाउँपालिकाका स्थानीयवासीले माझफाँट केन्द्र हुँदा अपायक भएको र अन्य वडाका नागरिकले सास्ती खेप्नु परेको भन्दै लामो समय आन्दोलित समेत बनेका थिए । गाउँपालिका अन्तर्गत साबिक नाग्लीवाङ, धाइरिङ, बनौं, शालिजा र माझफाँटकै तल्लो क्षेत्रका बासिन्दा आन्दोलिन बनेका थिए । अहिले चलिरहेको गाउँपालिकाको केन्द्रमा पुग्न करीब ६ देखि ७ घण्टा पैदल धाउनुपर्ने र अपायक हुने भन्दै जनप्रतिनिधि आन्दोलित समेत बनेका थिए ।

चौरासी पूजाको खर्च कटाएर विद्यालयलाई दुई लाख

पर्वतको कुस्मा नगरपालिका–१४ आर्थर डाडाँखर्कस्थित पञ्चकोशी माबिलाई चौरासी पूजाको अवसर पारेर एक दम्पतीले दुई लाख नगद सहयोग गरेका छन् । आर्थर डाँडाखर्क मेथेडाँडा घर भई पोखरा बस्दै आउनुभएका ओमप्रसाद गुरुङ र हितकुमारी गुरुङले शुक्रबार चौरासी पूजामा विद्यालयलाई दुई लाख रुपैयाँ नगद सहयोग गर्नुभएको हो । विद्यालयमा भूतपूर्व विद्यार्थीले शैक्षिक र भौतिक विकासका लागि पाँच करोड संकलन गर्ने लक्ष्य राखेर अभियान शुरु गरेका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.