www.tandavnews.com
Fact ~ In search of truth

पर्वत र म्याग्दीमा मुक्तिनाथका शाखा एकै पटक शुरु

पर्वत ।

२०६३ सालमा स्याङजा जिल्लाबाट सेवा आरम्भ गरेको मुक्तिनाथ विकास बैंकले बिहीबार पर्वत सदरमुकाम कुश्मा र म्याग्दी सदरमुकाम बेनीबाट दुई ओटा शाखा एकै पटक संचालनमा ल्याएको छ । बैंकको १ सय १३ औँ शाखा म्याग्दीमा र १ सय १४ औँ शाखा कुश्मामा आजबाट शुरु गरिएको बैंकका अध्यक्ष खिमप्रकाश मल्लले जानकारी दिए ।

बैंकले असार मसान्त सम्म देशभर १ सय २० शाखा सञ्चालन गर्ने बैंकका अध्यक्ष खिमप्रकाश मल्लले बताए । मुक्तिनाथ बिकास बैंकको हाल ३ अर्ब ६ करोड चुक्ता पुंजी रहेको छ भने ३८ अर्ब निक्षेप संकलन गरि ३२ अर्ब रुपैंया कर्जा प्रवाह गरेको क्षेत्रिय प्रबन्धक बाबुराम ढकालले जानकारी दिए ।

बैंकको शाखाहरुको उद्घाटनमा बोल्ने ब्यबसायी र जनप्रतिनिधीले उच्च ब्याजदरको कारण ब्यबसायीहरु मर्कामा पर्दै आएका कारण ब्याजदर पुनरावलोकन गर्न र अस्वस्थ प्रतिष्पर्धा त्याग्न आग्रह गरेका छन ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.