www.tandavnews.com
Fact ~ In search of truth

गायिका लक्ष्मी बानियाँको प्रस्तुति,पशुपती शर्माको संकलनमा ‘तेरी बुढि आई मिठो मिठो खाई’

पोखरा

सांगीतिक भिडमा अर्की आशा लाग्दी गायिका लक्ष्मी बानियाको प्रस्तुतिमा अहिलेका व्यस्त चर्चित लोकदोहोरी गायक पशुपती शर्माको शब्दलय रहेको “तेरी बुढि आई मिठो मिठो खाई ” सार्वजनिक गरिएको छ ।

छोटो समयमानै धेरैले मन पराएको उक्त गीतमा छोरा बुहारीका कारण समाजका परिवार भित्र आमा बुबाले भोग्नु परेको समस्यालाई  प्रस्तुत गरिएको छ । गीतको अडियो भर्सन अनुसार भिडियो पनि निर्माण गरि सकिएको छ । २ दिन अघि मात्र युट्युब मार्फत सार्वजनिक गरिएको उक्त गीतलाई डेढ लाख बढिले हेरिसकेका छन् ।

Batas

छोराका बाउ बनेका पशुपती शर्मा र आमा बनकी गायिका लक्ष्मी बानियाको गीतमा शर्मा र बानिया सहित युवराज भण्डारी ,राजेन्द्र नेपाली ,सफल साप्कोटा लगायतका कलाकारको अभिनय रहेको छ । गीतमा निर्देशन एवम् छायाकंन दुर्गा पौडेलको छ ।

पोखरालाई कर्म थलो बनाएर विगत ५ वर्ष देखि निरन्तर संगीत पेशामा क्रियाशिल बानियाको यस अघि गरिब बाउकी छोरी (एकल गीत) , मैले मन दिदा (आधुनिक गीत) सार्वजनिक भईसकेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.