www.tandavnews.com
Fact ~ In search of truth

पश्चिमाञ्चल क्षेत्रमा अझै रोपाई

पोखरा
ताण्डव न्यूज ।

साउनको दोस्रो सातासम्म आइपुग्दा यस क्षेत्रमा ८६ प्रतिशत मात्र धान रोपाई भएको छ । क्षेत्रीय कृषि निर्देशनालयका अनुसार यस क्षेका केही भागमा खेत रोपाई अझै सकिएको छैन् ।

पश्चिमाञ्चल क्षेत्रमा ३ लाख १५ हजार ४ सय ३८ हेक्टर क्षेत्रफल धान खेतिमा हुनुपर्ने हो । यो वर्षमा २ लाख ७२ हजार ५ सय ७३ हेक्टर क्षेत्रफलमा धान खेती भएको छ ।

Batas

कतिपय ठाउँमा पानी अझै पनि निरन्तर रुपमा नरपेको हुँदा अघिल्लो वर्षको तुलनामा केही प्रतिशत कम खेती भएको क्षेत्रीय कृषि निर्देशनालयका कृषि प्रसार अधिकृत ईश्वर अर्यालले बताए ।

गत वर्ष साउनको दोस्रो सातामा ८८.८ प्रतिशत रोपाई भएको थियो भने २ लाख ८० हजार २ सय २४ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो । पश्चिमाञ्चलका १६ जिल्ला मध्ये मनाङ र मुस्ताङ बाहेक १४ जिल्लामा धान रोपाई भएको छ ।

कास्कीमा हालसम्म करिब ९९ प्रतिशत धाने रोपाई सकिएको छ । कास्कीमा कास्कीमा २५ हजार ६ सय हेक्टर क्षेत्रफलमा धान खेति हुने गरेकोमा हालसम्म २५ हजार ३ सय ४४ हेक्टर क्षेत्रफल धान रोपाई भएको छ ।

त्यस्तै म्याग्दीमा ८० प्रतिशत, लम्जुङमा ८८ प्रतिशत, तनहुँमा ४४ प्रतिशत, गोर्खामा ६५ प्रतिशत, बाग्लुङाम ६८ प्रतिशत, पर्वतमा ८० प्रतिशत, स्याङजामा ९३ प्रतिशत र पाल्पामा ९० प्रतिशत रोपाई भएको अर्यालले जानकारी दिए ।

यस क्षेत्रका कतिपय ठाउँमा सिँचाईको अभाव र आकासेपानीको भरले गर्दा रोपाई सकेका छैनन् । कास्की आसपासमा वर्षाले असर नपारे पनि अन्य जिल्लामा आकासेपानीको भर पर्नुपर्दा रोपाई ढिला हुन पुगेको अर्याल बताउँछन् ।

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.